काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डाेजर चलाएर भत्काएको छ ।
आज बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले जानकारी दिनुभयो । नगरपालिकाले जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर चलाएकाे हाे ।
तीन दिने सूचना निकालेर अवैध संरचना हटाउन भनिए पनि सूचनाको अटेरी गरेपछि भत्काइएको नगरपालिकाले जनाएको छ । काठमाण्डाै महानगरपालिकाले पनि विभिन्न ठाउँमा बनाएका अवैध संरचना भत्काउन थालेको छ ।
प्रतिक्रिया