×

जनार्दनमाथि छानबिन गर्न बनेको संसदीय समितिलाई प्रहरीले बुझायो सीसीटीभीको फरेन्सिक रिपोर्ट

images

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिलाई प्रहरीले सीसीटीभीको फरेन्सिक रिपोर्ट बुझाएको छ । प्रहरीको विधिविज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट संसदीय समितिलाई आज बुझाएको हो । 

तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माण गर्दा करका दरहरू हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप छ । उक्त आरोपको छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको छ । 

त्यसक्रममा सीसीटीभी फुटेजको माग भएपछि अर्थ मन्त्रालयले फुटेज डिलिट भएको प्रतिक्रिया दिएको थियो । त्यसपछि सो फुटेजको फरेन्सिक परीक्षणका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो । 

सुरुमा समितिलाई १० दिनको समय दिइएको थियो । तर, उक्त समयमा समितिले आफ्नो काम पूरा नगरेपछि ७ दिन समय थप भएको छ ।

सोमबार ९ साउन २०७९ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया