×

इटालीको ब्रेसियामा राजमार्गमा विमान खस्यो, श्रीमान-श्रीमतीको मृत्यु

images

 

काठमाडौँ । इटालीको ब्रेसिया नजिकै ए२१ कोर्डामोल-ओस्पिटेल राजमार्गमा एउटा अल्ट्रालाइट विमान दुर्घटनाग्रस्त भएको भिडियो अहिले भाइरल भएको छ ।

यस दुर्घटनामा विमानमा बसिरहेका ७५ वर्षीय वकिल सर्जियो रभाग्लिया र उनकी ५५ वर्षीया श्रीमती अन्ना मारिया डे स्टेफानोको मृत्यु भयो । जबकि २ जना घाइते भए ।

प्रारम्भिक जानकारी अनुसार, पाइलटले आपतकालीन अवतरण गर्ने प्रयास गरे, तर कम गतिका कारण विमानको नियन्त्रण गुमाए । इटालीको राष्ट्रिय उडान सुरक्षा एजेन्सीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ । 

विमान धेरै तल उडिरहेको र घुम्दै गर्दा अचानक सडकमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । विमान सडकमा खसेपछि ठूलो विस्फोट भयो र आगो फैलिएको थियो ।

विमान ठोक्किँदा दुई कारमा आगो लाग्यो । एक चालक गम्भीर घाइते भए र उनलाई अस्पताल लगियो भने अर्कोको घटनास्थलमै उपचार गरिएको मिडिया रिपोर्टमा बताइएको छ ।

 

शुक्रबार​ १० साउन २०८२ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया