×

डलरको भाउ आज हालसम्मकै उच्च

images

काठमाडौं : अमेरिकी  डलरको भाउ आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन १० गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २६ पैसा कायम भएको छ ।

यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा छ । नेपाल राष्ट्र बैंकका अनुसार हिजो साउन ९ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २१ पैसा र खरिददर १३३ रुपैयाँ ६१ पैसा पुगेर रेकर्ड बनाएको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ३० पैसा खरिद दर १७२ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा पाइन्छ ।

कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार १० साउन २०८१ ०७:०२ AM मा प्रकाशित

प्रतिक्रिया