×

मलाई पार्टीको सदस्यताबाट बन्चित गराउन मिल्दैन- विद्या भण्डारी

images

काठमाडौँ । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई पार्टीको सदस्यताबाट बन्चित गराउन नमिल्ने बताएकी छन् ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुदा हुदै आफुलाई पार्टीको सदस्यता हुनबाट बन्चित गराउन कदापि नमिल्ने बताएकी हुन् । 

images

मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेर निर्णय गर्न पाइदैन, म एमाले परिवारमै छु- विद्या भण्डारी

काठमाडौँ । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्यता कसैले खान नसक्ने नसक्ने बताएकी छन् ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आ...

उनले संबिधानले दिएको अधिकार विपरित पार्टीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेकोप्रति आफुलाई दुख लागेको भन्दै भण्डारीले सबै एमालेका कार्यकर्तालाई नडराएर सत्यको पक्षमा लाग्न आव्हान समेत गरेकी छन् ।

उनले आफु पार्टीको सदस्य भएकैले पार्टीबाट राष्ट्रपतिसम्म भएको बताउदै भण्डारीले आफ्नो उद्धेश्य पार्टीमा सदस्य भन्ने, पार्टीलाई एकताबद्ध बनाउने र मुलुकलाई समृद्ध बनाउने भएको बताइन ।

उनले भनिन्- 'म पार्टीको सदस्य भएकैले पार्टीबाट राष्ट्रपतिसम्म भएको हुँ । मेरो उद्धेश्य पार्टीमा सदस्य भन्ने, पार्टीलाई एकताबद्ध बनाउने र मुलुकलाई समृद्ध बनाउने हो । नेपालको संबिधानले म दलमा आवद्ध भएर जनताको काम गर्न कहिँ कतै रोक्दैन । संबिधानको प्रतिकुल हुने गरि पार्टी सदस्यबाट बन्चित गराउने निर्णय गर्नुपर्ने कुनै कारण छैन । राजनीतिमा संलग्न हुन पाउने मेरो संबैधानिक अधिकारविरुद्ध मलाई सदस्यता नदिने निर्णयले दुखि तुल्लाएको छ ।'

भण्डारीले पार्टीबाट नै राजनीति गर्ने निश्चय गरेपछि पार्टीको सदस्यता विधिपुर्वक नै नवीकरण गरेको बताउदै सदस्यता नवीकरण गर्नुको उद्धेश्य पनि पार्टीको राजनीतिमा सक्रिय हुने भएको स्पष्ट गरेकी छन् ।

साथै उनले नेकपा एमालेको केन्द्रीय कमिटीले गरेको निर्णय बारे पार्टीका नेता र सञ्चारमाध्यमबाट थाहा पाएको बताउदै यसअघि पनि पार्टी सदस्यता र पार्टीमा आफ्नो भूमिकाका विषयमा पार्टीका नेताहरुसँग पटक पटक कुरा हुदै आएको बताइन । 

साउन ४ गते पार्टी कार्यालय च्यासलमा आफुले विधिवत ढंगले सदस्यता नवीकरण गरेको र पार्टीमा सक्रिय हुने बारे जानकारी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेको बताउदै उनले आफ्नो सदस्यता नवीकरण भइसकेकाले यस विषयमा छलफल गर्नुपर्ने विषय नै नभएको धारणा राखेकी थिइन् ।         

शुक्रबार​ १० साउन २०८२ ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया