×

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

images

कर्णाली प्रदेशमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन समिति गठन गरेको हो ।  

समितिमा प्रदेश मन्त्रीहरु, प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, नेपाली सेनाको पश्चिम कमाण्डपति, प्रदेश सचिवहरु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल ६ नं महेश्वरी वाहिनीपति, प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक, अनुसन्धान निर्देशक, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य तथा प्रदेश सचिव प्रेमप्रसाद आचार्य सदस्यसचिव रहनुभएको छ । 

बैठकले जेठ १४ गते सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा फहराउने, मुख्य बजार सरसफाइ गर्ने, जेठ १५ गते बिहान ७ बजे मङ्गलगढी चोकदेखि पीपलचौतारी हुँदै प्रभातफेरी गरी सुर्खेत सभाहलमा पुगेर समारोह आयोजना गर्ने, जेठ १६ गते अन्तरसंवादको आयोजना गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

बुधबार ११ जेठ २०७९ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया