काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन्।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन्। आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए।
संसद भवनमा सञ्चारकर्मीले बजेट यही सरकारले ल्याउँछ नी भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेको उनको यस्तो जवाफ आएको हो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्यान्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर सभापति देउवाले भने थाइल्यान्ड भ्रमणबाट शुक्रवार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिए ।
प्रतिक्रिया