×

आज (मंगलबार) शेयर मूल्य दोहोरो अंकले बढ्यो

images


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले बढेको छ । नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको हो ।

त्यस्तै, आज ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । तारागाउँ होटल रिजेन्सी लिमिटेडको शेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता ५३० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५।८१ प्रतिशतले बढेर प्रतिकित्ता ९१० रुपैयाँ पुगेको छ ।

मङ्गलबार १२ बैशाख २०८० ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया