×

बारा-२ मा शिवचन्द्रले घटाए मतान्तर

images

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भइरहेको मतगणनामा बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उम्मेद्‍वार उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेद्‍वार शिवचन्द्र कुशवाहाले मतान्तर घटाइरहेका छन्।

प्राप्त पछिल्लो मत परीणाम अनुसार यादवले २२ हजार ०९६ मत पाउँदा जनमतका कुशवाहाले १९ हजार २७९ मत पाएका छन्।

यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ३५४, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६०० र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ३०८ मत ल्याएका छन्।

मङ्गलबार १२ बैशाख २०८० ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया