गजल

    images

    प्रतिष्पर्धाको के अर्थ हार्नेले राज गर्छ भने
    जति नै पाप गरे के भो मन्दिर गएर हर्छ भने

    भगवान नै दाहिने भए  मेहनत किन गर्नु पर्यो
    आखिरमा जहिले नि चिठ्ठा उसैलाई पर्छ भने
    कुनैकुनै घट्ना यस्ता पनि हुन्छन् न्याय हुन्न पा्
    दोष कसलाई दिनु आत्महत्या गरेर मर्छ भने

    प्रगति गर्न चाहानेलाई कसले रोक्न सक्छ र ?
    सबैलाई मान्नै पर्दछ राम्रो नाम छर्छ भने
    म को हुँ भन्ने विर्सेको हो या बुझ पचाएको
    के भन्नु बाघ चौरमा गएर घाँस खाँदै चर्छ भने ।
                                     

     

    शनिबार ११ चैत २०७९ ०३:३७ PM मा प्रकाशित

    प्रतिक्रिया