काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ खानको लागि साइत जुराएका छन् । शाह भोलि रास्वपाको दलको नेता चयन हुँदैछन् । चैत्र १३ गते दिउँसो १२ बजेर ३४ मिनेटमा शाहले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने साइत भएको छ ।
शाहनिकट उच्च स्रोतकाअनुसार शपथ समारोहमा १०८ जना बटुकले स्वस्तिवाचन गर्ने पनि तय भएको छ । यस्तै, भिक्षुबाट अष्ठमंगल पाठ र ७ वटा शंखबाट शङ्खनादसमेत गरिने भएको छ । रास्वपाले संविधानको धारा ७६ को १ बमोजिम सरकार बनाउँदैछ ।
रास्वपा एक्लैले यो निर्वाचनमा १८२ सिटमा जित निकालेको छ । दुई तिहाईको लागि रास्वपालाई जम्मा २ सिट अपुग छ । बालेन शक्तिशाली सरकारको प्रधानमन्त्री बन्न लागेका छन् । उनले आफू नेतृत्वको मन्त्रिपरिषद्मा विज्ञहरुलाई समावेश गर्नेगरि तयारी गरेका छन् ।
प्रतिक्रिया