×

सेनाको भूमिका अपरिवर्तनीय छ- प्रधानसेनापति

images

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताएका छन् । सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९आँै समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उनले, मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिर्वतनीय रहने बताएका हुन् । 

कार्यक्रममा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने हुदाँ यसमा त्यस्तो ठुलो परिर्वतन नहुने बताए।

२९आँै समूहको कमान्ड तथा स्टाफ तालिममा सेनाका तीन महिलासहित ८० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एकजना सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यो समुहमा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक अधिकृत सहभागिता रहेको बताइएको छ । 

तालिम सोधपत्रतर्फ सेनानी विक्रम खड्का, मास प्रोग्रामतर्फ सेनानी रबिन गुरुङ तथा समग्रमा सेनानी उज्ज्वल गोतामे सर्वोत्कृष्ट शिक्षार्थी घोषित भए । सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार प्रदान गरिएको छ भने वार्षिक प्रकाशन दी शिवपुरी जर्नलको २४औँ संस्करण समेत प्रधानसेनापति शर्माले सार्वजनिक गरेका छन् । 

विसं २०४९ मा स्थापना भएको कलेजबाट हालसम्म सेनाका एक हजार एक सय २०, प्रहरीका १४, सशस्त्र प्रहरीका २६, राष्ट्रिय अनुसन्धानका १७, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय आठ गरी जम्मा एक हजार दुई सय ८६ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् । 

शनिबार १३ फागुन २०७९ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया