चितवन । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर लाग्ने जानकारी दिएको छ । अहिले मुग्लिन र नारायाणघाट तर्फबाट २-२ वटा मेशिनले पहिरो पन्छाउने काम गरिरहेका छन् ।
मंगलबार दिउसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ । डिभिजन कार्यालयले सडक सुचारु नहुन्जेल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया