×

 सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

images

काठमाडौं । सुनको मूल्यमा आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम भएको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि भई अहिलेसम्मकै उच्च मूल्य कायम भएर तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार सुन तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

मङ्गलबार ८ असोज २०८१ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया