×

चौथो टेस्टमा इङल्याण्डविरुद्ध भारतको औसत शुरुवात, ऋषव पन्त रिटायर्ड हर्ट

images

काठमाडौँ । भारत र इङल्याण्डबीच जारी टेस्ट सिरिजको चौथो टेस्ट बुधबारदेखि शुरु भएको छ । यस टेस्टमा भारतले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

पहिलो दिनको खेल सकिदा भारतले ४ विकेट गुमाएर २६४ रन बनाएको छ । भारतका लागि श्रदुल ठाकुरले १९ र रविन्द्र जडेजाले १९ रन बनाएर खेलिरहेका छन् ।

यस खेलमा भारतका विकेट किपर ब्याट्सम्यान ऋषव पन्त घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । ३७ रन बनाएर खेलिरहेका पन्तले ब्याटिंग गर्दा खुट्टामा बलले लागेपछि घाइते भएका थिए ।

त्यस्तै भारतका लागि साई सुदर्शनले ६१ रन बनाएर आउट भए भने केएल राहुलले ४६ र यशस्वी जैसवालले ५८ रन बनाएका थिए । त्यस्तै कप्तान शुभमन गिल १२ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर बेन स्टोक्सले २ विकेट लिए भने लियाम डवसन र क्रिस वोक्सले एक एक विकेट लिए ।

यस सिरिजमा इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।

 

बिहीबार ९ साउन २०८२ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया