×

माैद्रिक नीतिलाई शेयर बजारकाे ‘ग्रीन सिग्नल’, नेप्से ६१ अङ्कले बढ्यो, पौने ३ अर्ब रुपैयाँको कारोबार

images

 चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ६१ दशमलव शून्य ५ अङ्कले बढेर दुई हजार ७८ दशमलव ५१ विन्दुमा पुगेको हो । 

आज सबै समूहको शेयर बढेर बजार हरियो भएकोमा फाइनान्स, बीमा, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । दुई सय १९ वटा कम्पनीका ६४ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३९ करोड ७१ लाख तथा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया र अरुण काबेली हाइड्रोको ६ करोड रुपैयाँभन्दा धेरैकाे शेयर किनबेच भयाे ।  

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । 

आइतबार​ ८ साउन २०७९ ०३:१९ PM मा प्रकाशित

प्रतिक्रिया