काठमाडौँ । विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामीले बिदाइ गरेका छन् ।
साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगिता सहभागी हुने खेलाडीमा पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गी छन् । त्यस्तै महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्की रहेका छन् ।
त्यसैगरी प्रशिक्षक वीरकृष्ण महर्जन, व्यवस्थापक रजिम शाही, अफिसियल सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायक करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेको परिषदले जानकारी दिएको छ ।
प्रतिक्रिया