×

मितेरी पुल बगाएपछि चीनतर्फ अलपत्र परेका २०३ नेपाली फर्किए

images

सिन्धुपाल्चोक । रसुवा नाकास्थित मितेरी पुल बगाएपछि चीनतर्फ अलपत्र परेका २०३ जना नेपाली बुधबार उत्तरी नाका तातोपानीबाट नेपाल फर्किएका छन् । 

असार २४ गते भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि अलपत्र परेका उनीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्र्याइएको हो ।

उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा तातोपानीसम्म ल्याइएको थियो । नेपाल सरकारको आग्रहमा उनीहरुलाई तातोपानी नाका हुँदै ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् ।

तिब्बतको न्यालम प्रशासनले उनीहरुलाई सिन्धुपाल्चोकका प्रजिअ थापासहितको स्थानीय प्रशासनलाई जिम्मा लगाएको छ । भोटेकोशीमा आएको बाढीका कारण दिन राति रसुवाको मितेरी पुलस्थित तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकलगायत नेपालीलाई चीनले उद्धार गरेर केरुङ लगेर खान बस्नको प्रबन्ध गरेको थियो ।

 

बिहीबार ९ साउन २०८२ ०९:१९ AM मा प्रकाशित

प्रतिक्रिया