काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले टेक एण्ड पे राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला कि जस्तो लागेर हटाइएको बताएका हुन्। उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो हटाइयो ।’
हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर ‘टेक एण्ड पे’ हटाउने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको जानकारी दिए ।
अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुने उनले धारणा राखे।
उनले भने,‘शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको हो। अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुन्छ।’
उनले विभिन्न संवैधानिक संस्थाहरुलाई प्रयोग गरिएको बारेमा उठेको प्रश्नको जवाफ दिँदै भने, ‘यस्ता संस्थाहरुलाई दुरुपयोग गर्न खोजियो, यस्ता संस्थाहरुलाई यसको पक्षमा, यसको विपक्षमा प्रयोग गर्न खोजियो’ जस्ताखालका राजनीतिक ढंगले खेल खेल्ने कुराहरु पनि सुनिन्छन् । त्यस्ता कुराहरुको कुनै भ्रममा नपर्न म माननीयज्यूहरुलाई आग्रह गर्न चाहन्छु । त्यस्ता खालका खेल सरकारले खेल्दैन । सरकार विकास निर्माणको काममा लागेको छ, सुशासनको काममा लागेको छ, भ्रष्टाचार नियन्त्रणको काममा लागेको छ । यस्ता खालका खेल खेल्ने कामका लागि सरकारलाई फुर्सद पनि छैन ।’
प्रतिक्रिया