काठमाडौं। नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको आयोजनामा तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन
प्रतियोगिता आषाढ १३ गतेबाट हुने भएको छ ।
ललितपुरको नखिपोटस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र÷छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रुद्र थिङ्गले जानकारी गराए ।
आषाढ १६ गते सम्म संचालन हुने प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेकोछ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास ईन्टरप्राईजेजको विशेष सहयोग रहेको छ ।
अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।
यस्तै पुरुष युगल तर्फ शिर्ष तीन बिजयीहरुले क्रमशः नगद ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स तर्फका बिजयीहरुले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यु– ११, १३ र १५ का शिर्ष तीन बिजयी खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यसका साथै बिजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।प्रतियोगितामा करिव २५० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया