×

काठमाडौंमा यात्रु बोकेर गुडिरहेको बसमा आगो लाग्यो

images

काठमाडौं । काठमाडौंमा यात्रु बोकेर गुडिरहेको बसमा आगो लागेको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा घटना भएको हो ।

सडकमा गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएर बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो । आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यात्रुहरू भने आगो लागेको देखनासाथ निस्किएर भागेकोले सकुशल छन् । विद्युत्‌को लाइन सर्ट भएर बसमा आगलागी भएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ ।

बिहीबार ११ बैशाख २०८२ ०२:५४ PM मा प्रकाशित

प्रतिक्रिया