×

मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्दै

images


काठमाडौं । नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्नेछ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । 
 

शुक्रबार​ १० चैत २०७९ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया