काठमाडौँ — आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएका हुन् ।
सरकारले संसद् सञ्चालन हुनुभन्दा अगावै विभिन्न ६ वटा अध्यादेशहरू ल्याएपनि ती अध्यादेशहरू संसद्मा पेश हुन सकेका छैनन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनका पक्षमा बहुमत नजुट्दा सरकारले अध्यादेशहरू पेश गर्न सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रतिक्रिया