×

एमालेसँग वार्तापछि सञ्चारमन्त्रीले भने : संसद सञ्चालन हुने विश्वास छ

images

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हट्ने र एमसीसी पनि पास हुने विश्वास व्यक्त गरेका छन् ।

संसद बैठक रोकेर बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नेताहरुसँग छलफल गरेका थिए ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘संसदलाई सुचारु गर्न प्रधानमन्त्रीले अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ । यो छलफलले संसद सञ्चालन हुने विश्वास छ । एमसीसी सार्वभौम संसदमा गहन रुपले छलफल भएर एउटा निष्कर्ष पुग्ने वातावरण तयार हुन्छ भन्ने विश्वास छ ।’

सबैको सहमतिमा संसद सञ्चालन हुने र एमसीसीबारे छलफल गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले प्रयास गरिरहेको उनले बताए ।

बिहीबार १२ फागुन २०७८ ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया