×

पाँच बजे बस्नेगरी स¥यो गठबन्धनको बैठक

images

काठमाडौं । निर्वाचन पूर्वको पुरानो गठबन्धनको बैठक पाँचबजे पुन: बस्ने भएको छ ।  बैठकबाट बाहिरिँदै गर्दा कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा ठोस निर्णय गर्न पाँच बजे बस्ने गरि अहिलेको बैठक सकिएको बताए ।

उनले भने ‘राष्ट्रपतिको चुनावको विषयमा उठेको सन्दर्भमा नेपाली काङ्ग्रेस पार्टीले हामी ममाओवादी केन्द्र एकिकृत समाजवादी, जसपा लगायतका दलहरुसँग छलफल गरिनै रहेका छौ । छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौ, सबैले आ आफ्नो दलहरुभित्र थप केही छलफल गर्न आवश्यक छ भन्ने लागेको हुनाले गर्दा ५ बजे फेरि बस्छौ, साझ ५ बजे बसेर अन्तिम टुङ्गो लगाउछौ । ’

आजको बैठकमा कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ–आफ्नो दलको उम्मेद्वार प्रस्ताव राखेका छन् ।  बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो  ।
 

शुक्रबार​ १२ फागुन २०७९ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया