×

बजारमा सुनचाँदीको भाउ बढ्यो, सुन तोलामा ४ हजार ८०० रुपैयाँले उकालो

images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले वृद्धि भएको हो।

महासंघले तय गरेको नयाँ मूल्यअनुसार आज छापावाल सुनको भाउ प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँ थियो।

सोमबार ८ मंसिर २०८३ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया