आजको राशिफल
- २३ नोभेम्बर २०२६
कार्तिक शुक्ल चतुर्दशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
योजनाबद्ध रूपमा सबै कुरा मिल्दै जानेछन्। व्यक्तिगत काममा पनि समय दिन पाइनेछ। कुनै कुराले मनमा प्रसन्नता दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विविध कुराले गर्दा व्यस्त रहनुपर्ला। ससाना कुरामा पनि आफैं खट्नुपर्नेछ। कामको उपयुक्तता बुझी काम गर्दा आफैंलाई सजिलो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामविशेषले कतैको यात्रा हुन सक्छ। कुनै कुराले मनमा पुनर्ताजगी छाउनेछ। इच्छानुसारका काममा समय दिन पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयले साथ दिँदा काममा सहजता हुनेछ। आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव पाइनेछ। समग्रमा हेर्दा आजको दिन राम्रै रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै कुराले नजानिँदो गरी व्यस्त बनाउनेछ। त्यस्तै कुनै कुराले गर्दा मन चञ्चल बन्न सक्छ। पेटका बिरामीले खानपानमा ध्यान दिनुपर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कसैको कुनै कुरा चित्त नबुझ्न सक्छ। सकेसम्म कम बोलीमै काम सक्ने प्रयत्न गर्नुपर्नेछ। समसामयिक कुरामा जोड दिन सके आफैंलाई सजिलो हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयलाई आफूअनुकूल तह लगाइनेछ। व्यक्तिगत काममा सफल भइनेछ। कुनै कुराको किनमेल हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कुनै कुराले गर्दा मनमा जाँगर बढ्नेछ। समसामयिक अवस्था विचारेर आफूलाई प्रस्तुत गरिनेछ। प्रायः सबै काम आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुनै कामविशेषले कसैसित भेटघाट हुन सक्छ। घरमा कसैको आगमन हुन सक्छ। टाउको दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजग रहनुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कतैबाट नयाँ कामको प्रस्ताव आउन सक्छ। समयावस्था विचारेर काम गर्नुपर्ने अवस्था छ। कुनै पनि निर्णयात्मक काम गर्दा नहतारिनु नै मनासिब हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा काम गर्ने उत्साह बढ्नेछ। प्रायः सबै काम आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन्। सोचे अनुसार काम गर्न पाउँदा मन खुसी रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कतैबाट कुनै निमन्त्रणा पाइन सक्छ। समयावस्था विचारेर आफूलाई प्रस्तुत गरिनेछ। अत्यावश्यक कामकुरामा जोड दिने प्रयत्न हुनेछ।
प्रतिक्रिया