×

अग्रता फराकिलो बनाउँदै शर्मा

images

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार शर्माले ४ हजार १० मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १ हजार ५९४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत ल्याउँदा राप्रपाका दीपककुमार मल्लाले १६१ मत ल्याएका छन् ।

बुधबार ७ मंसिर २०७९ ०६:४७ AM मा प्रकाशित

प्रतिक्रिया