×

घट्यो सुनको मुल्य

images

काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ५१ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । त्यसयता भाउ केही घटेको हो ।

शुक्रबार​ ७ भदौ २०८१ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया