काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने गरेको निर्णयप्रति तीन नेताले असहमति जनाएका छन् ।
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने निर्णय गरेको छ । मंगलबार राति केन्द्रीय कमिटीको बैठकम...
विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय
मंगलबार राति सकिएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय सुनाएपछि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य कर्ण बहादुर थापाले असहमति जनाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमले तीन जनाले उठेर विरोध गरेको तर अन्य सबैले समर्थन गरेको बताए ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुर्वराष्ट्रपति विद्या भण्डारीले एक बर्ष अघि नै सदस्यता नवीकरण गरेको दाबी गरेका छन् ।
च्यासलस...
विद्या भण्डारीको सदस्यता 'होल्ड' गर्ने निर्णय भएको छैन- उपाध्यक्ष पाण्डे
गौतमका अनुसार दुई दिनको केन्द्रीय समितीको बैठकमा २६४ केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । उनले अध्यक्ष ओलीले बैठकमा पार्टीका दुई किसिमका सदस्य हुने, जिल्ला कमिटी कार्यकारी नै हुने, कमिटीको संख्या २५१ जनाको केन्द्रीय सदस्य, एक तिहाई पोलिटब्युरो र १५ जनाको पदाधिकारी रहने निर्णय भएको जानकारी दिए ।
प्रतिक्रिया