काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुर्वराष्ट्रपति विद्या भण्डारीले एक बर्ष अघि नै सदस्यता नवीकरण गरेको दाबी गरेका छन् ।
च्यासलस्थित पार्टी कार्यालय परिसरमा संचारकर्मीहरुसँग प्रतिक्रिया दिदै पाण्डे एक बर्ष अघिको सचिवालय बैठकमा महासचिवले भण्डारीले सदस्यता नवीकरण गरेको बताएको उल्लेख गर्दै अहिले सदस्यताको विषय नभएको बताए ।
पाण्डेले भण्डारीको सदस्यता होल्ड भएको भन्ने विषय सात नभएको भन्दै पार्टीले त्यस्तो कुनै निर्णय नगरेको बताए ।
पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो बैठकको अन्त्यमा यो विषय गम्भीर भएको र यसलाई छलफल गरेर टुंगाउने बताएको जानकारी दिए ।
एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएको थियो । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।
भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया