काठमाडौँ । इङल्याण्ड जारी महिला युरो कपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न पहिलो सेमिफाइनलमा इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समयमा खेलाइएको थियो । ९० मिनेटपछि इन्जुरी समयमा मिशेल अग्येमाङले गोल गर्दै खेल बराबरी गरेपछि इङल्याण्ड खेलमा फर्किएको थियो । यस अघि खेलको ३३औं मिनेटमा बारबरा बोनान्सीको गोलमा इटालीले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलिएको अतिरिक्त समयको ११९औं मिनेटमा क्लो म्यागी केलीले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएकी थिइन् ।
योसँगै डिफेन्डिङ च्याम्पियन रहेको इङल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । अब इङल्याण्डले फाइनलमा जर्मनी र स्पेनबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज राति हुदै छ । त्यस्तै फाइनल भने जुलाई २७ मा हुदैछ ।
प्रतिक्रिया