×

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा छ -- राष्ट्रपति पौडेल 

images


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । 
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा छ । अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनैपर्छ ।’ 
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानूनको अभावमा विगतमा व्यवसायीहरूले धेरै झमेला सामना गर्नु परेको बताएका छन् । 
पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षणगराएका हुन् । 
 

बिहीबार ९ चैत २०७९ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया