×

दैलेख १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै

images

काठमाडौ । २ वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एमाले र २ मा गठबन्धनले लगातार लिड गरिरहेका छन् । पछिल्लो नतिजाअनुसार १ मा ११ हजार ७९ मतगणना हुँदा एमालेका रविन्द्रराज शर्माले ४३३ मतले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापालाई लिड गरिरहेका छन् ।

शर्माले ५ हजार ८३ मत पाउँदा थापाले ४ हजार ६५० मत पाएका छन् ।  यस्तै तेस्रो नम्बरमा राप्रपा महामन्त्री कुन्ती शाहीले ७१० मत प्राप्त गरेका छन् भने चौथोमा नेमकिपाका प्रकाश गुरुङले ५१४ मत पाएका छन ।
यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार प्रतिनिधि सभा तर्फ १७ हजार ८५९ गणना भएको छ ।  


जसमा नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले ८ हजार १०६ मतसहित एमालेका लक्ष्मीप्रसाद पोखरेललाई लिड गरिरहेका छन् । पोखरेलले ६ हजार ८ सय मत प्राप्त गरेका छन् । तेस्रो नम्बरमा रहेका नेमकिपाका केशेन्द्र कार्कीले १ हजार ३ सय मत प्राप्त गरेका छन् ।

मङ्गलबार ६ मंसिर २०७९ ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया