काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न खुला रहेको बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी, केसीएनएका अनुसार किमले यसका लागि शर्त अगाडी सारेका छन् ।
किमले उत्तर कोरियालाई आफ्नो आणविक हतियार त्याग्न जोड नदिएमा ट्रम्पसँग वार्ता गर्न तयार गरेको बताएका छन् । किमले प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक हतियार कहिल्यै नत्याग्ने पनि स्पष्ट गरेका छन् ।
किमले आइतबार सर्वोच्च जनसभालाई सम्बोधन गर्दै व्यक्तिगत रूपमा, ट्रम्पसँग अझै पनि राम्रा सम्झनाहरू रहेको बताएका थिए ।
अर्कोतर्फ, बीबीसीसँग कुरा गर्दै, दक्षिण कोरियाली राष्ट्रपतिले यदि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम आणविक हतियार उत्पादन हटाउनुको सट्टा रोक्न सहमत भए भने पनि त्यो स्वीकार गर्न तयार रहेको प्रत्क्रिया दिएका छन्।
प्रतिक्रिया