काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी संचालनमा आएको छ ।
गत शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक आइतबार अपराहन्नदेखि एकतर्फी खुलेको थियो । पहिरोको जोखिम भएपछि गएराती बन्द गरिएको सडक बिहान ५ बजेदेखि एकतर्फी सुचारु भएको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरले अहिले तुईन खोला पुल नजिकै मात्र सडक एकतर्फी संचालनमा रहेको जनाएको छ भने अन्य स्थानमा दुई तर्फी संचालनमा रहेको छ । डिभिजन कार्यालयले सवारीसाधन आफ्नो लेन अनुशासनमा रहि चलाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया