×

मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फी खुल्यो

images

चितवन । मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो ।

आज दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समय लागेको थियो । कार्यालयले सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

सोमबार ६ असोज २०८२ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया