×

सुन तोलामा नयाँ रेकर्ड

images

काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सयले बढेको हो । अस्ति शुक्रबार १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार​ ६ असोज २०८१ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया