×

मिसन २०२६ को विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकसँग परिषदको छलफल

images

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकसँग छलफल गरेको छ । 

मंगलबार परिषदका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा गत आ.व. मा मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैठक सम्पन्न भएको हो ।

सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले मिसन २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताउदै यो योजनालाई सफल बनाउन खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । उनले एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी रहेकोले यो अवधिमा कुन कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस् कार्य योजना १ साताभित्र पेश गर्न निर्देशन दिए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव दिन आग्रह गरेका थिए ।

मङ्गलबार ७ साउन २०८२ ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया