×

विश्वकप छनोट क्रिकेट प्रतियोगिता- नेपालले पायो ३४० रनको विशाल लक्ष्य

images

काठमाडौं । आईसीसी विश्वकप छनोटमा नेपालले ३ सय ४० रनको विशाल लक्ष्य पाएको छ। यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले ।

चौथो विकेटका लागि कप्तान होप र पुरनले २ सय १६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजले नेपालविरुद्ध विशाल योगफल तयार पारेको हो।  पुरनले १ सय १५ बलमा १० चौका र ४ छक्का मद्दतमा १ सय १५ रन बनाएका थिए। पुरनलाई दिपेन्द्र सिंह ऐरिले ४४ औँ ओभरको अन्तिम बलमा क्लिन एण्ड बोल्ड गरे। 

कप्तान होप १२९ बलमा १० चौका र ३ छक्का हान्दै १ सय ३२ रनमा भिम सार्कीको हातबाट क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका होप ४९.२ ओभरमा आउट भए। 

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए । पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चाल्र्सले खाता खोल्नै सकेनन् ।

यसअघि १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

बिहीबार ७ असार २०८० ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया