×

धनगढी उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

images

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउनु भएको हो ।

उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो ।  

एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याउनुभयो । २०७४ सालको पालिका चुनावमा हमाल कांग्रेसका वडसँग पराजित हुनुभएको थियो ।

यस्तै, उपमेयरमा भने एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी शान्ति अधिकारीलाई  २ हजार ८ सय मतान्तरले पराजित गर्नुभएको हो ।  

रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत मात्रै प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६ सय ९ मत पाउनुभयो ।

१९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादीले २ वटा वडा जितेको छ ।

आइतबार​ ८ जेठ २०७९ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया