×

भरतपुरमा रेनु  ८०५९ मतले अगाडि

images

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९४ हजार २३२ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ८०५९ को मतान्तर बनाएकी छन् ।

दाहालले ३७ हजार २७ मत पाउँदा सुवेदीले २८ हजार ९६८ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९८ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत पाएकी छन् । 

आइतबार​ ८ जेठ २०७९ ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया