×

कृष्णपुरमा ओझा प्रमुख र राना उपप्रमुखमा निर्वाचित

images

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ  । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गर्नुभएकामा  निकतटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित हुनुभएकामा  निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गर्नुभएको छ । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित हुनुभएको थियो ।

आइतबार​ ८ जेठ २०७९ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया