प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। जसले गर्दा आजका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
चिसोका कारण ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।
प्रतिक्रिया