×

नामिबियामा हुने सिरिजका लागि  नेपाली क्रिकेट टिमको घोषणा

images

काठमाडौं । नामिबियामा हुने आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग–टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको आइतबार घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टिममा कप्तान रोहित पौडेल खेलाडी रहेका छन् र टिम १४ सदस्यीय रहेको छ ।

डिसेम्बर २ देखि ८ सम्म हुने सिरिजमा नामिबिया र नेपालसँगै स्कटल्यान्ड रहेको छ । टिममा रोहितसँगै आफिस सेख, दीपेन्द्रसिंह ऐरी, कुलश भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिस सेख, गुल्सन झा, करण केसी, हरिशंकर साह र नन्दन यादव रहेका छन् । 

सोमबार ५ मंसिर २०७९ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया