×

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज, एजेन्डा तय गरिँदै

images

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। आजै बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक बसेको हो।  

आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको सचिवालय बैठकको निरन्तरता स्वरूप आज पुनः बैठक बसेको हो।  

सचिवालय बैठकले एजेन्डा तय गरेपछि आज बिहान ११ बजेदेखि ललितपुरको भैंसीपाटीस्थित रामबाग पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बस्नेछ। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलो पटक बस्न लागेको यो बैठकमा सबै केन्द्रीय कमिटी सदस्यहरूलाई धारणा राख्ने समय उपलब्ध गराइने तयारी छ।  

बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा प्राप्त आवश्यक सुझावहरूलाई समेटेर आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

सोमबार ५ असोज २०८३ ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया