×

चर्चित अमेरिकी न्यायाधीश क्याप्रियोको निधन

images

काठमाडौँ । विश्व प्रसिद्ध अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियोको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो ।

क्याप्रियो अदालतमा आफ्नो हास्यव्यंग्य र हलुका सुनुवाइका लागि परिचित थिए । उनको इन्स्टाग्राम खातामा उनको निधन बारे जानकारी दिदै लेखिएको छ- 'प्यान्क्रियाटिक क्यान्सरसँग लामो लडाइँपछि न्यायाधीश फ्र्याङ्क क्याप्रियोको ८८ वर्षको उमेरमा मृत्यु भयो ।'

न्यायाधीश क्याप्रियो लामो समयदेखि चलिरहेको रियालिटी टिभी कार्यक्रममा देखा परेका थिए । यो कार्यक्रम रोड आइल्याण्डको नगरपालिका अदालतमा आधारित थियो । यस रियालिटी टिभी कार्यक्रममा, न्यायाधीश क्याप्रियोको शैली र सहानुभूतिसहित गरिएका निर्णयहरूको लागि अत्यधिक प्रशंसा गरिएको थियो ।

क्याप्रियोलाई विश्वको राम्रो न्यायाधीश भनिन्थ्यो । मुस्कानसहित न्याय प्रदान गरेको उनको भाइरल भिडियो सामाजिक सञ्जालमा एक अर्बभन्दा बढी पटक हेरिएपछि उनी 'संसारकै सबैभन्दा राम्रो न्यायाधीश' भनेर चिनिन थालेका थिए । उनले कम आय भएका र निम्न बर्गको पक्षमा सधै व्यंग्य र संदेशसहित आफ्नो फैसला सुनाउने न्यायाधीशको छबि बनाएका थिए ।

 

बिहीबार ५ भदौ २०८२ ०९:४३ AM मा प्रकाशित

प्रतिक्रिया