×

उपसभामुखमाथि लागेका आरोप सामान्य छैनन्- योगेश भट्टराई

images

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरमाथि लागेका आरोप सामान्य नभएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले उपसभामुख मगरको विषयमा भावनात्मक कुरा नगर्न चेतावनी दिदै उनको विगत र वर्तमानका गतिविधिहरूमाथि प्रश्न उठेको टिप्पणी गरेका छन् ।

अहिले जनजातीकी छोरी र महिला भन्दै भावनात्मक कुरा गरिएको भन्दै उनले राना मगर संलग्न भएको संस्थाबाट २०७२ कार्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँच जना बालबालिका हराएको प्रसंग उल्लेख गरेका थिए ।

यस विषयमा छानबिन गर्न २०७६ सालमा पाटन उच्च अदालतका पूर्व न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक नगरिएको बताउदै उनले सो प्रतिवेदन समत सार्बजनिक गर्न आग्रह गरे ।

भट्टराईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा रवि लामिछानेलाई नख्खु कारागारमा भेट्न गएको प्रसंग उल्लेख गर्दै आफ्नै सरकार हुदा संसदीय समिति गठन गरेर दोषी करार गरेको व्यक्तिलाई अहिले कारागारमा भेट्न गएर द्वैध चरित्र देखाएको आरोप लगाए ।

 

बिहीबार ५ भदौ २०८२ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया