×

प्रधानमन्त्री ओली अस्वस्थ

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आराम गरिरहेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन् ।

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली बुधबार संसदमा तय भएको प्रश्नोत्तरको कार्यक्रममा सहभागी भएका थिएनन् ।  प्रधानमन्त्री ओली आजपनि औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको बताइएको छ ।

 

बिहीबार ५ भदौ २०८२ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया