×

रूपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाले सार्बजनिक गर्यो उम्मेदवार छनौटको टाइमलाइन

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्तिक १७ गते हुन लागेको ‌रूपन्देही-३ को प्रतिनिधि सभाको सांसदको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न टाइमलाइन तोकेको छ ।

रास्वपाले यस अघि नै उम्मेदवार छनौटको कार्यविधि सार्बजनिक गरेको थियो ।

जस अनुसार रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म पार्टीको एपमार्फत अनलाइन आवेदन दिन सकिने जनाएको छ । त्यसपछि साउन २२ गते नवेदन दिएका उम्मेदवारको नामावली सार्बजनिक गर्ने छ । त्यस्तै उम्मेदवारी उपर दाबि विरोध साउन २३ गतेदेखि २४ गतेसम्म गर्न सकिने छ । त्यसैगरी सुन २५ गते उम्मेदवारसँग छलफल हुने र साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन हुने भनिएको छ ।

त्यस्तै साउन २७ गतेदेखि भाद्र ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सीमिटी र समावेशिता मापन गरिने तालिका रहेको छ । त्यसपछि भाद्र १२ गतेदेखि १३ गतेसम्म प्रारम्भिक निर्वाचन गरेर भाद्र १५ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने टाइमलाइन सार्वजनिक गरेको छ ।

सोमबार ६ साउन २०८२ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया